MMP Logo

MMP

Navigation Menu

म्याजिक विराट फुटसलको उपाधी मनमोहन मेमोरियल पोलिटेक्निकलाई
event

म्याजिक विराट फुटसलको उपाधी मनमोहन मेमोरियल पोलिटेक्निकलाई

2073, Bhadra 11
Admin

Media Gallery

विराटनगरमा पहिलो पटक सञ्चालित कर्पोरेट स्तरको म्याजिक विराट फुटसल कपको उपाधि मनमोहन स्मृति पोलिटेक्निकले जितेको छ । मिति २०७३/०५/११ गते शनिबार साँझमा भएको अत्यन्तै रोमाञ्चक फाइनल खेलमा मकालु टेलिभिजनलाई ५–३ गोल अन्तरले पराजित गर्दै मनमोहनले उपाधि चुमेको हो ।
आवर विराटनगर डट नेट र हिट एण्ड ह्याङ आउट फुटसलको संयुक्त आयोजनामा भएको खेलमा १६ फुटसल टोली सहभागी भएका थिए । अत्यधिक दर्शकहरुबीच भएको रोमाञ्चपूर्ण फाइनल खेलमा मकालु टेलिभिजनले मध्यान्तरसम्म ३–१ गोलले खेलमा दवाब राखेको थियो । तर मध्यान्तरको लगत्तै मनमोहनले प्रतियोगिताको आफूलाई उत्कृष्ट टिम साबित गर्दै उपाधि जित्न सफल भएको हो । मनमोहनका तर्फबाट रञ्जन चौधरी र युवराज चौधरीले २/२ तथा अमित खाँले १ गोल गर्नु भएको थियो ।
MMP logo

Install MMP App

Faster access • Offline support • Updates & notifications